पोखरामा दोस्रो केपी ओली सडक दौड प्रतियोगिता सम्पन्न
पाेखरा | फागुन १९, २०८०
पोखरा: नेपाल खेलकुद महासंघ गण्डकी र सूर्य तारा क्लब पोखराको संयुक्त आयोजनामा पोखरामा सम्पन्न भएको दोस्रो केपी ओली सडक दौड प्रतियोगितामा सपन्न भएको छ ।
शनिबार सम्पन्न विद्यालयस्तरीय ५ किलोमिटर दौडमा कास्की मोडनाईजका बादल कार्की प्रथम, छोरेपाटन माविका तेन्जोङ रोका द्धितीय र सैनिक आवासिय माविका नारायण रानाभाट तृतीय भए । उनीहरुले क्रमशः ७, ५ र ३ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।
यस्तै विद्यालयस्तरीय छात्रातर्फ छोरेपाटन माविका विष्णु थापा प्रथम, गौरीशंक माविका करिवा मगर द्धितीय र मेधराज सामुदायिक विद्यालय घाचोकका एन्जिला जिटी तृतीय भए । उनीहरुले क्रमशः ७, ५ र ३ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।
यस्तै खुल्ला महिला ५ किलोमिटर सडक दौडतर्फ नितु तामाङ प्रथम, तनहुँ भिमादका ममता कुमाल द्धितीय र पोखराका रेवती तिमल्सिना तृतीय भए । उनीहरुले क्रमशः ७, ५ र ३ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।
यस्तै पुरुष भेट्रानतर्फ पोखराका विष्णुलाल श्रेष्ठ प्रथम, शंकर शाह द्धितीय र ओमबहादुर थापा तृतीय भए । उनीहरुले क्रमशः ७, ५ र ३ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।
नेपाल खेलकुद महासंघ गण्डकी र सूर्य तारा क्लब पोखराको संयुक्त आयोजनामा चैत ३ देखि ११ गतेसम्म सञ्चालन हुने खेलकुद महोत्सवमा आयोजित विद्यालयस्तरीय प्रतियोगिता वार्षिक परीक्षाको कारण निर्धारित मितिबाट अगाडि नै सञ्चालन गरिएको संयोजक विष्णु पुनले बताए ।
उनका अनुसार विद्यालयस्तरीय नृत्य प्रतियोगिता चैत २६ देखि सञ्चालन हुनेछ । खेलकुद महोत्सवमा पुरुष फुटबल, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, खुला महिला स्लो स्कुटर, गण्डकी प्रदेश स्तरीय तेक्वान्डो प्रतियोगिता, खुला ब्याडमिन्टन प्रतियोगिता, एथलेटिक्स प्रतियोगिता र संघसंस्था स्तरीय झाँकी प्रदर्शनी प्रतियोगिता हुनेछ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

